छायांकन रोकियो बहुभाषी चलचित्र हिमआँधीको, कारण यस्तो छ :

काठमाडौं, १८ असार । बहुभाषी चलचित्र हिमआँधीको छायांकन रोकिएको छ । नेपाल भाषाको कृति “जि वयाला लच्छि मदुनि”लाई आधार बनाएर नेपाली, नेपालभाषा, अंग्रेजी तथा चिनियाँ भाषामा एकैसाथ बनिरहेको चलचित्रको छायांकन रोकिएको हो ।
युवा निर्देशक प्रदीप खड्गीको सवारी दुर्घटना भएकोले केहि समयको लागि सुटिङ प्याक अप गरिएको छ ।
तत्कालिन श्री ३ महाराज जंगबहादुर राणाजीको सुटिङ सकाएर घर फर्कने क्रममा कीर्तिपुरस्थित नयाँ बजार चोकमा उनको सवारी दुर्घटना भएको थियो ।
निर्देशक खड्गीलाई चिकित्सकले केहि समयको लागि घर मै बसेर पूर्ण रुपमा आराम गर्न सल्लाह दिएका छन् । उनको सवारी दुर्घटनाको कारणले करिव ९० प्रतिशत सकिसकेको छायांकन रोकिएको हो ।
ऐतिहासिक चलचित्र “कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी” लाई सफल रुपमा निर्देशन गरिसकेका युवा निर्देशक खड्गीको दाहिने छातीको हाडमा समस्या देखिएको कीर्तिपुर अस्पताल स्रोतले जनाएको छ । खड्गीसँगै बहुभाषी चलचित्र हिमआँधीका सहायक निर्देशक विनेश श्रेष्ठ पनि घाइते भएका छन् ।
चलचित्रमा सनिश शाक्य, निकी महर्जन, राजेन्द्रमान शाक्य, आशाकाजी थकू, सुशील राजोपाध्याय, सुरज व्यञ्जनकार, रुपेन्द्र श्रेष्ठ, राजेन्द्र महर्जन, संजय शर्मा राजोपाध्याय, ह्रदय प्रसाद मिश्र, श्यामसुन्दर शिल्पकार, अरुणेश्वरी शिल्पकार, मञ्जु श्रेष्ठ तथा पल्पसा डंगोल लगायतका कलाकारहरुको भूमिका छ । शंकर महर्जनको छायांकन रहेको चलचित्रलाई बालमुकुन्द प्रजापतिले कला निर्देशन गरेका छन् । सहायक निर्देशकको भूमिकामा रक्की महर्जन, सागर महर्जन तथा विनेश श्रेष्ठ छन् ।

प्रतिकृया दिनुहोस

शृंखलाले जितिन् दुइटा अवार्ड

काठमाडौँ — मिस नेपाल वल्र्ड शृंखला खतिवडाले ‘मिस वर्ल्ड , २०१८’ मा दुइटा अवार्ड जितेकी छन् । चीनको सान्यामा भइरहेको प्रतियोगितामा सोमबार

‘तनुश्रीले मेरो बलात्कार गरिन्’ -राखीको आरोप

झट्ट सुन्दा अनौठो लाग्ने यो आरोप बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना

नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन वन फेम्ड प्रताप दास नयाँ गीतका साथ आफ्ना स्रोता तथा दर्शक माझ आएका छन् । प्रतापले 'अलि अलि...' बोलका गीत मंगलबार सार्वजनिक