आज र भोलि भारी वर्षा हुनसक्ने

काठमाडौं, १८ असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले देशका अधिकांश भेगमा वर्षा र पश्चिमी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

महाशाखाका वरिष्ठ मौसमविद विभूति पोखरेलले पूर्वको कोशी चतरा क्षेत्रमा भारी वर्षा भैरहेको र यो वर्षा सबै तिर फैलिएकाले सबैलाई सतर्क रहन आग्रह गरेकी हुन् ।

अधिकांश नदीहरुको जल सतह समेत बढेकाले तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई बढी सतर्क रहन आग्रह गरिएको छ । यो वर्षको मनसुन पूर्णरुपमा भित्रिसकेकाले पहिरोको जोखिम, नदी तटीय क्षेत्र र तराईका होचा भू–भागमा बसोबास गर्ने सबै चनाखो हुन सरकारले पनि आग्रह गरेको छ ।

भूकम्पले क्षति पुगेका पहाडी बस्तीका सर्वसाधारणलाई पनि थप सावधानी अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रतिकृया दिनुहोस

साउन १ गतेबाट धूवाँ फ्याँक्ने सवारीसाधन चलाउन नपाइने

काठमाडौं – सरकारले आगामी साउन १ गतेबाट धूवाँ फ्याँक्ने सवारीसाधनलाई रोक लगाउने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ

बझाङमा यार्सा उत्पादन बर्सेनि घट्दै

बझाङ, जेठ १० । ‘जीवनबुटी’को नामले प्रख्यात बहुमुल्य जडिबुटी यार्सागुम्बा प्रशस्त पाइने भनेर चिनिएको जिल्ला बझाङमा बर्से्नि यसको उत्पादन घट्दै

काठमाडौंमा बर्डफ्लू भेटियो

१० जेठ, काठमाडौं । राजधानीमा बर्डफ्लू भेटिएको छ । धर्मस्थली क्षेत्रको पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको हो । स्वास्थ्य सेवा विभाग