मेक्सिकोका नवनियुक्त राष्ट्रपतिलाई ट्रम्पको वधाई

वासिङ्टन, १८ असार  । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोका नवनियुक्त राष्ट्रपति एन्ड्रेस म्यानुयल लोपेजलाई वधाई दिएका छन् ।

एन्ड्रेस हालै भएको निर्वाचनमा प्रचण्ड बहुमतका साथ मेक्सिकोको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले ट्वीटमार्फत वधाई दिँदै अमेरिकाले आगामी दिनमा उनीसँग मिलेर कामगर्ने बताएका छन् ।

उक्त वधाई सन्देशमा उनले भनेका छन्, ‘अमेरिका र मेक्सिकोका लागि फाइदा पुग्ने धेरै काम गर्न बाँकी छ, त्यसतर्फ नवनियुक्त राष्ट्रपति एन्ड्रेसको ध्यान पुग्ने नै छ ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको उनको राष्ट्रपतीय निर्वाचनको अभियानमा मेक्सिकोका नागरिकलाई ‘अपराधी’ र ‘बलात्कारी’ भनेर आरोप समेत लगाएका थिए । त्यसैले आफू राष्ट्रपति भएमा मेक्सिकोतर्फको अमेरिकाको सीमामा एकतर्फी रुपमा पर्खाल लगाउने घोषणा पनि गरेका छन् ।

तर उनको सो निर्वाचन अभियानले अहिले पनि निरन्तरता पाएको छैन । त्यसैले नवनियुक्त राष्ट्रपतिले आगामी दिनमा मेक्सिकोको यो छवि सुधारका लागि धेरै काम गर्नुपर्ने धारणा पनि राखेका छन् ।

दुई महिनामात्र अघि पनि राष्ट्रपति ट्रम्पले मेक्सिकनलाई जनावरको सङ्ज्ञा दिएका थिए । यसप्रति मेक्सिकोले कडा आपत्ति जनाएको थियो ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोका नवनियुक्त राष्ट्रपतिले मेक्सिकोको अहिलेको छवि सुधार्न धेरै काम गर्नुपर्नेछ र यदि त्यसो भयो भने यसले मेक्सिकोलाई मात्र होइन कि अमेरिकालाई पनि सहयोग पुग्नेछ भनेका छन् ।

प्रतिकृया दिनुहोस

मलेसियामा ४७ नेपाली पक्राउ

काठमाडौँ, असोज १० गते । मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी

भियतनामी राष्ट्रपति ट्रान दाई क्वाङको निधन

हनोई – भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै क्रममा

जिम्बाब्वेका राष्ट्रपतिद्वारा सपथ

हरारे  (बिबिसी) – जिम्बाब्वेका नव निर्वाचित राष्ट्रपति एमर्सन म्नागाग्वाले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन्। अमेरिकी निर्वाचन