• 19-Tuesday-2024
  • 12:03:09

तीन वटा अध्यादेशका प्रतिस्थापन विधेयक पारित

संघीय संसदबाट तीन वटा अध्यादेशका प्रतिस्थापन विधेयक पारित भएका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचन सम्वन्धी विधेयक २०७५, ‘संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक, २०७५’ र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक संघीय संसदका दुबै सदनबाट पारित भएका हुन् ।

तीन वटै विधेयक दुबै सदनबाट फास्ट ट्रयाकबाट पारित गरिएको हो । प्रतिनिधि सभाको आजको बैठकबाट बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक बहुमतले पारित भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन सम्वन्धी विधेयक र संघीय संसदका महासचिव लगायतको पारिश्रमिक सम्वन्धी विधेयक गत शुक्रबारको बैठकबाट पारित भएको थियो ।  यस्तै राष्ट्रिय सभाले भने सो दुई वटा विधेयक आज सर्वसम्मतीले पारित गरेको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक यसअघि नै पारित गरेको थियो ।  ऐनको अभावमा कांगेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले चार वटा अध्यादेश ल्याएर काम गरेको थियो । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक भने अध्यादेशमा भएको व्यवस्थामा तोडमोड गरिएको भन्दै फास्ट ट्रयाकबाट पारित गर्न नदिने कांग्रेसको अडानपछि रोकिएको छ । हिजो नै पारित गर्ने सरकारको तयारी भएपनि तोडमोड गरिएको विधेयक सदनमा टेबल गर्न नदिने कांग्रेसको अडान पछि सो विधेयक रोकिएको हो ।   प्रकाशित:असार १८, २०७५

 

प्रतिकृया दिनुहोस

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तयारी गर्न कांग्रेसको बैठक बस्ने

   नेपाली कांग्रेस संसदीय दलको कार्यसम्पादन समितिको बैठक आइतबार अपराह्न बस्ने भएको छ । राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तयारी गर्न सभापति

धुलिखेलमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सुरु, १५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिको सहभागित

फागुन ३ बिहिबार धुलिखेलमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सुरु, १५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिको सहभागित धुलिखेलमा आजदेखि

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा एक  महिलाको शव फेला

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा एक  महिलाको शव फेला  भदौ ३०, २०८० शनिबार   काठमाण्डौ – भक्तपुरमा दुई