तीन वटा अध्यादेशका प्रतिस्थापन विधेयक पारित

संघीय संसदबाट तीन वटा अध्यादेशका प्रतिस्थापन विधेयक पारित भएका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचन सम्वन्धी विधेयक २०७५, ‘संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक, २०७५’ र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक संघीय संसदका दुबै सदनबाट पारित भएका हुन् ।

तीन वटै विधेयक दुबै सदनबाट फास्ट ट्रयाकबाट पारित गरिएको हो । प्रतिनिधि सभाको आजको बैठकबाट बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक बहुमतले पारित भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन सम्वन्धी विधेयक र संघीय संसदका महासचिव लगायतको पारिश्रमिक सम्वन्धी विधेयक गत शुक्रबारको बैठकबाट पारित भएको थियो ।  यस्तै राष्ट्रिय सभाले भने सो दुई वटा विधेयक आज सर्वसम्मतीले पारित गरेको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक यसअघि नै पारित गरेको थियो ।  ऐनको अभावमा कांगेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले चार वटा अध्यादेश ल्याएर काम गरेको थियो । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक भने अध्यादेशमा भएको व्यवस्थामा तोडमोड गरिएको भन्दै फास्ट ट्रयाकबाट पारित गर्न नदिने कांग्रेसको अडानपछि रोकिएको छ । हिजो नै पारित गर्ने सरकारको तयारी भएपनि तोडमोड गरिएको विधेयक सदनमा टेबल गर्न नदिने कांग्रेसको अडान पछि सो विधेयक रोकिएको हो ।   प्रकाशित:असार १८, २०७५

 

प्रतिकृया दिनुहोस

आज देखि नयाँ मुलुकी ऐन लागुहुँदै, आमनागरिकको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले विक्रम संवत १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी आजदेखि ‘मुलुकी देवानी (संहिता),

सांसदलाई पेस्तोल ताकेको आरोपमा ३ सय ३५ जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले सांसद निरु पाल पेस्तोल प्रकरणमा हालसम्म ३ सय ३५ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्वराज

सांसदमा सत्ता र प्रतिपक्षबीच चर्काचर्की, कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका