भक्तपुरमा डुबानमा परी ३ जनाको मृत्यु

भक्तपुर २८, असार – हिजो रातिदेखि लगातार परेको भीषण पानीका कारण भक्तपुर डुबानमा पर्दा ३ जनाको मृत्यु भएको छ।

             खोलाको बाढी पसेर डुबानमा परी चाँंगुनारायण नगरपालिका वडा नं ७ बागीश्वरीमा रहेको अस्थायी टहरामा रहेका ३ जनाको मृत्यु भएको हो । मत्यु हुनेहरुको नाम, ठेगाना भने खुलिसकेको छैन । डुबानमा परेर जनजीवन प्रभावित भैरहेको बेला उद्दर कार्य तीव्र तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

             अस्थायी टहरा बनाइ बसिरहेका भूकम्प प्रभावित समुदाय बढी जोखिममा परेका छन् । डुबानबाट पूरै जनजीवन अस्तव्यस्त भएको छ । अस्पताल समेत डुबानमा पर्दा उपचारत बिरामी, चिकित्सक आवतजावतमा समेत समस्या परेको छ । 

             गएरातीदेखि परेको अविरल वर्षाका कारण विहान ३ बजेदेखि खोला आसपासका क्षेत्रमा बाढी पसेर डुबान भएपछि खोला छेउछाउका बासिन्दा विस्थापित भएका छन्। लगातार पानी परेका कारण हनुमन्ते र खासांखुसी खोलामा बाढी आउँदा आसपासका क्षेत्र डुबानमा परेका छन् ।

प्रतिकृया दिनुहोस

विद्यालय तहमा पहिलोपटक कानूनको पढाइ शुरु

भक्तपुर, रासस । भक्तपुरमा पहिलोपटक माध्यमिक विद्यालय तहमा कानून विषयको पढाइ शुरु भएको छ ।  निष्ट फाउण्डेसनअन्तर्गत लोकन्थलीस्थित भक्तपुर निष्टले

बागमती पुलमुनि एक युवती मृत फेला

काठमाडौं‌, असार १३ । टेकुको बागमती पुलमुनि अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको छ । निधार र टाउकोमा चोट देखिएकाले हत्या गरेर फालिएको हुनसक्ने

बाजुरामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित दुईजनाको मृत्यु, ५ घाइते

असार १३ । त्रिवेणी नगरपालिका पिपलसैनमा भएको जिप दुर्घटनामा परी वडा अध्यक्षसहित दुई जनाको मृत्यु भएको छ।घटनामा ५ जना घाइते भएका छन्। मृत्यु हुनेमा