फेसबुक तथा अन्य सामाजिक संजालका एकाउन्टहरु पर्मानेन्टली कसरि डिलिट गर्ने ? तल हेरौँ केहि टिप्सहरु

यदि तपाईंले ईन्टरनेटमा धेरै अनलाइन वा सामाजिक संजालका  साईटहरुमा एकाउन्ट बनाउनु  भएको छ र कारणबस  तपाईंले त्यसको  प्रयोग गर्न छाडिसक्नु भएको छ र त्यो प्रयोग  नभएको एकाउन्ट डिलिट गर्न चाहनु हुन्छ भने तल केही टिप्सहरु दिइएको  छ ।

याहु (Yahoo):-याहू एकाउन्ट डिलिट गर्ने दुइटा तरिकाहरु छन् । पहिलो यदि तपाईंले याहू एकाउन्ट ४ महिना सम्म खोल्नु भएन भने तपाईंको एकाउन्ट स्वत: डीएक्टिभेट हुनेछ,त्यसैले डिलिट गर्न चाहनु भएको एकाउन्ट खोल्न छाडिदिनुहोस् ।

दोश्रो तरिका डिलिट गर्न चाहनु भएको एकाउन्ट लग अन (logon ) गर्नुहोस् र एकाउन्ट टर्मिनेसन पेज("Account Termination" page) मा गएर आफ्नो एकाउन्ट डिएक्टिभ होस् । यदि तपाईं पहिले नै लग अन (logon) हुनुहुन्छ भने तपाईंले "Account Termination" page  खोल्न भेरीफिकेसन पर्पोज (verification purposes )को लागि फेरी पासवर्ड रि इन्टर (password re-enter) गर्नु पर्ने हुन्छ ।

हटमेल (Hotmail):-हटमेल पेज को Help  मा क्लिक गर्नुहोस् । (प्राय :हेल्प ट्याब दाँयातिरको माथि कर्नर मा हुन्छ ) हेल्प स्क्रिनको कि वर्ड सर्च सेक्सन(keyword search section )मा क्लोज एकाउन्ट (Close Account) टाईप गर्नुहोस् । त्यसपछि "Close Account" link  मा क्लिक गर्नुहोस् । उक्त लिंकमा क्लिक गरेपछि निलो कलर मा highlight भएको "Go to the close Account link"  देखा पर्छ त्यसलाई क्लिक गर्नुहोस् । त्यहाँ लेखिएका इन्स्ट्रक्सन (instructions) हरु पढ्नुहोस् ,त्यहाँ लेखिएका टर्म्स (Terms)  राम्ररी पढ्नुहोस त्यसपछि क्लोज एकाउन्ट (close Account) मा क्लिक गर्नुहोस् ।

फेसबुक (facebook):-फेसबुकले एकाउन्ट डिएक्टिभेट गर्नका लागि दुइवटा अप्सन दिएको छ । पहिलो अप्सन अकाउन्ट डीएक्टिभ गर्ने र अर्को अप्सन पर्मानेन्ट डिलिट गर्ने । यदि तपाईंले अकाउन्ट डिएक्टिभेट गर्नु भयो भने तपाईंको फेसबुक  अकाउन्ट,प्रोफाइल,इन्फर्मेसन तथा  तपाईंले सेभ  गर्नु भएको साथीहरु , फोटोहरु आदी त्यही रही रहन्छन

र पछी तपाईंले फेरी अकाउन्ट एक्टिभ गर्न सक्नु हुन्छ । तर तपाईंले अकाउन्टलाई पर्मानेन्टली डिलिट गरियो भने फेसबुक अकाउन्ट पूर्ण रुपले सिस्टम  बाटै हट्छ ।

अकाउन्ट डिएक्टिभेट गर्ने तरिका :-

Facebook logon गरी सके पछि दाँया तिर Top मा "Account Settings" मा क्लिक् गर्नुहोस् ।
त्यसपछि "Deactivate Account" लिंकलाई क्लिक गर्नुहोस् ।
अकाउन्ट पूर्ण रुपले डिलिट गर्ने तरिका :

Facebook logon गरिसके पछी Help tab मा क्लिक गर्नुहोस् । 
 त्यहाँ  "delete account" सर्च गर्नुहोस् ।
"I want to permanently delete my account" लिन्क लाई क्लिक गर्नुहोस् र त्यहा भएका टर्म एण्ड कन्डिसन राम्ररी पढ्नुहोस् 
अन्तिम प्याराग्राफको लिन्कलाई क्लिक गर्नुहोस् र त्यहाँ के लेखेको छ पढ्नुहोस् ठीक  छ भने "Submit" बटनमा क्लिक गर्नुहोस् ।

माइ स्पेस (MySpace):-माइस्पेस अकाउन्ट डिलिट गर्न धेरै सजिलो छ यसमा माथिको जस्तो सर्च गरिरहनु पर्दैन् । अकाउन्ट लग अन  गरिसके पछि दाँया पट्टिको कुना को माथि "My Account" मा क्लिक गर्नुहोस् । त्यसपछि "Account" लिन्कलाई क्लिक गर्नुहोस् र "Cancel Account" लिंकलाई क्लिक गर्नुहोस् । आफुले अकाउन्ट डिलिट गर्न चाहेको कारण सेलेक्ट गर्नुहोस् र "Cancel My Account"  बटनमा क्लिक गर्नुहोस् ।

एमएसएन (MSN):-MSN अकाउन्ट डिलिट गर्ने तरिका याहु को जस्तै नै छ । तपाईंले ३० दिन सम्म

अकाउन्ट use गर्न छाडिदिनुहोस् । ३० दिन सम्म प्रयोग नभए पछि तपाईंको अकाउन्ट इनएक्टिभ  हुनेछ र ९० दिन पछि अकाउन्ट आफै डिलिट हुनेछ  ।

म्यानुअलि  अकाउन्ट डिलिट गर्ने तरिका :

हटमेल  पेजको माथि दाँया कुनामा भएको सानो एरो (Arrow०  मा क्लिक गर्नुहोस् ।
Menu option को "View Your Account" मा क्लिक गर्नुहोस् ।
त्यहाँ  तल भएको "Close Account" लिन्कमा क्लिक गर्नुहोस् ।
त्यहाँ भएको सूचना  पढ्नुहोस्  identity verify  को लागि आफ्नो पासवर्ड  इन्टर  गर्नुहोस् र यस (Yes) बटनमा क्लिक गर्नुहोस्

प्रतिकृया दिनुहोस

सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने

सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य

गुगलले हामीले सर्च गरेका हरेक कुरा कसरि पत्ता लगाउँछ,थाह पाउनुहोस्

जब हामीले गुगल सर्चमा गएर केहि टाइप गर्छौ,तब गूगलले हाम्रो मनको कुरा सजिलै पत्ता लगाउँछ । प्राय: हामीले देख्छौँ कि जब हामि केहि कुराहरु सर्च गर्नको

आइफोन ब्याट्रीको समस्या निवारण गर्दै जेननेक्स्ट

एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपाली बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको