मोदीलाई अंकमाल गरेपछि चर्चामा राहुल

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अंकमाल गरेपछि उनको भारतीय सञ्चारमाध्यमहरूमा चर्चा बढेको छ ।

भारतको तल्लो सदन लोकसभाको वर्षे अधिवेशनअन्तर्गतको बैठकमा गान्धीले मोदीलाई अप्रत्यासित रूपमा अंकमाल गरेका हुन् ।
भारतीय संसद्मा प्रधानमन्त्री मोदीविरुद्ध बिहीबार प्रतिपक्षी दल कंग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएको भोलिपल्ट राहुलले मोदीलाई अंकमाल गरेका थिए । संसद्लाई सम्बोधन गरेलगत्तै राहुलले प्रधानमन्त्रीलाई अंकमाल गरेका थिए ।

विपक्षी दल कंग्रेसले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संसद्मा अवरोध गरेको थियो । सो अवरोधप्रति प्रधानमन्त्री मोदीले असन्तुष्टि जनाएका थिए ।

संसद्को वर्षे अधिवेशनले कानुन निर्माणदेखि अरू धेरै निर्णय गर्नुपर्ने भएकाले संसद् अवरोध गर्न नहुने प्रधानमन्त्री मोदीको जिकिर थियो । कुनै पनि राजनीतिक दलले उठाएका जुनसुकै विषयमा छलफल गरी समस्या समाधान निकाल्न सरकार तयार रहेको उनले बताएका थिए ।-एजेन्सी

प्रतिकृया दिनुहोस

सीद्वारा उत्तर कोरिया भ्रमणको तयारी : सोल

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले अर्को वर्ष उत्तर कोरियाको भ्रमण गर्ने तयारी गरिरहेको दक्षिण कोरियाले जनाएको छ। उत्तर कोरियाका सर्वोच्च

बाँदरले १२ दिने बच्चाको लियो ज्यान

आमाको काखमा दुध खाँदै गरेका बालकलाई बाँदरले खोसेर ज्यान लिएको छ। भारतको आग्रामा बाँदर घरमा एक्कासी पस्यो र आमाको काखबाटै ती बालकलाई खोस्यो र पिट्यो।

मलेसियामा ४७ नेपाली पक्राउ

काठमाडौँ, असोज १० गते । मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी