ढल्केवर सब–स्टेसन: बल्ल हुने भयो तिरेको पैसाको सदुपयोग

काठमाडौँ, साउन ६ गते । ढल्केवर सब–स्टेसन निर्माणपछि नेपालले विगतदेखि तिर्दै आएको ढल्केवर– मुजफ्फरपुर प्रसारण लाइनको लाइन चार्जको सदुपयोग हुने भएको छ । सब–स्टेसन निर्माण हुन नसक्दा विगतदेखि भारतलाई प्रतिवर्ष एक अर्ब आठ करोड रुपियाँ तिर्दै आएको छ । 
प्रसारण लाइन चार्ज पूरै तिरे पनि सो प्रसारण लाइनबाट १४० देखि १५० मेगावाट मात्र बिजुली आयात हुँदै आएको थियो । अब ढल्केवर सब–स्टेसन निर्माण भएपछि यो प्रसारण लाइनको क्षमता वृद्धि भएको छ । यस प्रसारण लाइन १३२ केभीबाट २२० केभी भएको छ । प्रसारण लाइनको क्षमता स्तरोन्नति भएपछि अब यो प्रसारण लाइनबाट २५० देखि २८० मेगावाट बिजुली आयात निर्यात गर्न सकिने भएको छ । 
यो प्रसारण लाइनको क्षमता वृद्धिसँगै नेपालले भारत बीचको विद्युत् व्यापारमा पनि सहज हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हिउँदको समयमा नेपालले अपुग भएको बिजुली आयात गर्न सक्ने र वर्षात्मा बडी भएको बिजुली भारत निर्यात गर्न अबका दिनमा सहज हुने भएको छ । आगामी वर्ष निर्माण सम्पन्न हुने माथिल्लो तामाकोसीलगायतका जलविद्युत् आयोजनाको बिजुली वर्षात्को समयमा भारत निर्यात गर्न सकिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 
ढल्केवर सब–स्टेसन आयोजना प्रमुख महतोका अनुसार १६० एमभीएका दुईवटा ट्रान्सफर्मर चार्ज भएपछि भारतसँगको बिजुली व्यापारमा महìवपूर्ण मानिएको यो प्रसारण लाइनलाई थप क्षमता बनाउने अन्य काम पनि सुरुवात गरिएको छ । नेपाल भारतको अन्तरदेशीय प्रसारण लाइनका रूपमा विकसा गर्न ४०० केभीको क्षमताको बनाउने कार्य पनि सुरुवात भइरहेको छ ।

सब–स्टेसन निर्माणमा गत कात्तिक चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रीड (सीपीपीजी)ले निर्माण कार्यमा सन्तोषजनक काम नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उससँगको ठेक्का सम्झौता तोडेको थियो र बाँकी निर्माण कार्य सम्पन्न गर्नका लागि नयाँ ठेक्का आह्वान गरेको थियो । पछिल्लो पटक सब–स्टेसनको बाँकी काम निर्माण गर्न भारतीय कम्पनी टेलमस इलेक्ट्रोनिक्स हिसार कम्पनी छनोट भएको थियो । चिनियाँ कम्पनीले ८० प्रतिशत काम सम्पन्न गरिसकेको थियो भने भारतीय कम्पनीले २० प्रतिशतको कामका लागि ठेक्का सम्झौता गरेको थियो । 
टेलमस इलेक्ट्रोनिक्स कम्पनीले १२ करोड ८९ लाख रुपियाँमा ठेक्का सम्पन्न गर्ने भएको छ । नेपाल–भारतका बीच विद्युतीय व्यापारका लागि महìवपूर्ण मानिएको धनुषास्थित २२० केभी सब–स्टेसन विश्व बैङ्कको ऋण सहयोगमा निर्माण भइरहेको छ ।

प्रतिकृया दिनुहोस

कोरियाले नेपाललाई दियो ५५ करोड अनुदान

काठमाडौं – कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई ५५ करोड अनुदान उपलब्ध गराउने भएको

पेट्रोलियम वितरणमा कोटा तोकियो

काठमाडौं – ढुवानीकर्तालाई अत्यावस्यकीय सेवा ऐन लगाएरै भएपनि पेट्रोलिम पदार्थ आपूर्ति सहज बनाउने भन्दै आएको सरकारले पेट्रोलियम पदार्थको विक्री

१ डलरको भाउ ११३ रुपैयाँ ४९ पैसा

काठमाडौ– निरन्तर बढ्दै गएको डलरको मुल्य शुक्रबार ११३ रुपैयाँ ४९ पैसा पुगेको छ। नेपाल राष्ट्रबैंक  विदेशी विनिमय विभागले तोकेको डलरको याे