केसी समर्थकद्वारा प्रधानमन्त्री र शीर्ष नेताहरुलाई एसएमएस र टेलिफोन

काठमाडौँ — डा. गोविन्द केसीको समर्थनमा वसन्तपुर डबलीमा सुरु भएको सामुहिक सत्याग्रहका सहभागीले प्रधानमन्त्री केपी ओली र सत्तापक्षका शीर्ष नेताहरुलाई टेलिफोन तथा एसएमएस गरेर ध्यानाकर्षण गराएका छन् ।

नेतृत्व पंक्तिलाई जनउत्तरदायी बनाउनका लागि टेलिफोन तथा एसएमएस गरेर ध्यानाकर्षण गराएको सांसद तथा डा. केसी समर्थक विराज भट्ट श्रेष्ठले बताए।

 

उनीहरुले प्रधानमन्त्री ओलीलाई पहिलो पटक टेलिफोन सम्पर्क गर्दा व्यस्त भएको जानकारी दिएका थिए। दोस्रो पटक प्रयास गर्दा स्वकीय सचिवले उठाएर ‘रङ नम्बर’ भनेका थिए।

 

तेस्रो पटकदेखि ‘कल डाइभर्ट’ भएको डा. केसी समर्थक पृतम सुवेदीले बताए। ‘हामीले सचिवालयबाट टेलिफोन नम्बर लिएका थियौं, फोन नउठाउने अनेक बाहाना भए,’ उनले भने।

प्रधानमन्त्रीसंग टेलिफोन सम्पर्क नभएपछि उनीहरुले ‘हामीले कहिलेसम्म अनसन बस्नुपर्ने हो?’ भनेर एसएमएस गरेका थिए। त्यसको उत्तर नआएको उनीहरुको भनाई रहेको छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि टेलिफोन र एसएमएसको जवाफ दिएक छैनन्।

 

शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई टेलिफोन गरेर प्रधानमन्त्रीलाई एसएमएस गरेकै प्रश्न सोधेका थिए। पोखरेलले ‘जहाँ जसका लागि बस्नुभएको छ, उसैलाई सोध्नुहोस्’ भन्ने जवाफ दिएर बीचैमा टेलिफोन काटेको केसी समर्थक सुवेदीले बताए।

 

‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को आयोजनामा आइतबार बिहान १० बजेबाट सुरु भएको सत्याग्रहमा प्राडा केदाभक्त माथेमा, अधिवक्ता ओमप्रकाश अर्याल, कृष्ण पहाडीलगायत नागरिक समाजका अगुवाहरुको समेत सहभागिता छ।

 

सत्याग्रहमा ७० बढि समर्थक नागरिक अगुवा, स्वास्थ्यकर्मी, महिला, जेष्ठ नागरिकहरु सहभागी छन्। शनिबार अलायन्सले नयाँ बानेश्वरमा गरेको कोणसभामा नागरिक सत्याग्रहको घोषणा गर्दा २६० बढीले नाम टिपाएको आयोजकले जानकारी दिएको छ। साँझ ५ बजेसम्म जारी रहने बताइएको छ। सत्याग्रहमा ऐक्यबद्धता जनाउन कांग्रेस र विवेकशील साझा पार्टीका नेताहरु पुगेका छन्।

 

प्रकाशित : श्रावण ६, २०७५ १५:०५

प्रतिकृया दिनुहोस

आज देखि नयाँ मुलुकी ऐन लागुहुँदै, आमनागरिकको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले विक्रम संवत १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी आजदेखि ‘मुलुकी देवानी (संहिता),

सांसदलाई पेस्तोल ताकेको आरोपमा ३ सय ३५ जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले सांसद निरु पाल पेस्तोल प्रकरणमा हालसम्म ३ सय ३५ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्वराज

सांसदमा सत्ता र प्रतिपक्षबीच चर्काचर्की, कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका