ब्लडपल नेपालद्वारा चित्रकला प्रतियोगिता सम्पन्न

भक्तपुर: ब्लडपल नेपाल द्वारा आयोजित भक्तपुर कौशलटार स्थित ग्लोबल पाठशालामा यहि मिति २०७५ साल श्रावण ६ गते "जीवन  रक्षाको लागि एकबद्दता" भन्ने नाराका साथ चित्रकला प्रतियोगिता सम्पन्न भयो। चित्रकलामार्फत् रक्तदान सम्बन्धी ज्ञान दिने साथसाथै जीवनरक्षाका निम्ति रक्तदान गरौं भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त प्रतियोगितामा कक्षा ३ देखि कक्षा  ५ सम्म खुला प्रतियोगिता र कक्षा ६ देखि कक्षा १० सम्म रक्तदान सम्बन्धि विषयमा केन्द्रित प्रतियोगिता रहेको थियो। जसमा जुनियर तर्फ ५१ जना र सिनियर तर्फ १९ जनाको सहभागिता रहेको थियो।

प्रतियोगिताको निर्णायक मण्डलमा रहेका शेरमान नेपाली तथा नोर्बु लामाद्वारा उत्कृष्ट १० भित्र छनोट गरिएका प्रतिस्पर्धीहरुबीच फेसबुक भोटिङ मार्फत थप मुल्यांकन गरिने छ। विजेताहरुलाई  श्रावण १० गते बिहीवारको दिन पाठशालाको प्राङ्गणमा रक्तदान सहित उत्कृष्ट तीन प्रतियोगीहरुलाई पुरस्कार प्रदान जानकारी कार्यक्रम संयोजक श्रीराम रायमाझीले दिनुभयो। जीवनरक्षाका निम्ति ऐक्यबद्धता भन्ने मूल नाराका साथ अघि बढेको टिम ब्लडपलले आवश्यक परेको बेला बिरामीलाई रक्तदाता खोज्न सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरु प्रयोग गर्दै आएको कुरा ब्लडपलका प्रमुख संयोजक सुशन कर्माचार्यले बताउनुभयो।

 

प्रतिकृया दिनुहोस

‘कायरा’ भोलिदेखि हलमा

चितवन — आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह सोमबार नारायणगढमा थिए । शुक्रबार रिलिज हुन लागेको ‘कायरा’ का नायक–नायिका यो फिल्म मन

नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ NCMTAको यहि असार ३० गते सनिवार काठमाडौं को इन्द्रेणी फुड ल्याण्ड मा

नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ NCMTAको प्रस्तुति मा राग रागिनी entertainment प्रा. लि. तथा Rushlight media को आयोजना मा यहि असार ३० गते सनिवार काठमाडौं को इन्द्रेणी फुड

‘सञ्जू’ले दुई दिनमा कति कमायो ?

काठमाडौं । रणवीर कपुरको ‘सञ्जू’ले राम्रो व्यापार गरेको छ । फिल्मले दुई दिनमा कुल ७३.३५ करोडको कारोबार गरिसकेको छ । बलिउड अभिनेता संजय दत्तको