कानुनमन्त्री तामाङद्वारा राजीनामा

काठमाडौँ — कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिएका छन् । आफ्नै अभिव्यक्तिका कारण आलोचित बनेका मन्त्री तामाङले मन्त्रालयमा दिउँसो पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् । उनले आजै प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा पत्र बुझाइने बताए ।

बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुको बारेमा दिएको अभिव्यक्तिका कारण पार्टी बाहिर र भित्र दवावमा परेका कारण उनले राजीनामा दिएका हुन्।

मन्त्री तामाङले आफू पदभन्दा पनि प्रतिष्ठाको खातिर काम गर्ने व्यक्ति भएकाले नैतिकताको आधारमा राजीनामा दिएको समेत स्पष्ट पारे। राजीनामा घोषणा गर्नुअघि मन्त्री तामाङ पत्रकार र मन्त्रालयका कर्मचारीबीच भावुक बनेका थिए।

पत्रकार सम्मेलनमा मन्त्री तामाङले गुनासो गर्दै आफ्नो भनाइलाई टाउको र खुट्टा काटेर अतिरञ्जित गरी सम्प्रेषण गरिएको आरोप लगाए।

नेकपाको सचिवालय बैठकमा नेताहरुले उनलाई राजीनामा गराउने बिषयमा सोमबार राती कुराकानी भएको थियो। उनको अभिब्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पनि उनको व्यापक अालोचना भएको थियो। 

वर्तमान सरकारको समृद्धि नेपाल र सुखी नेपालीको नारामार्फत देश विकासको पूर्वाधार खडा गर्ने काममा आफू प्रतिबद्धता रहेको उनले जनाए।

प्रतिकृया दिनुहोस

नेकपा बैठकमा प्रधानमन्त्रीको महासभामा सम्बोधनबारे जानकारी

काठमाडौँ, असोज २२ गते । नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन र

सरकारविरुद्ध संसदमा पहिलोपटक खनिए माधव नेपाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं सांसद माधवकुमार नेपालले सरकारको कडा आलोचना गरेका छन्।  प्रतिनिधिसभाको बिहीवारको

नेपालको कसैसँग पनि शत्रुता छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई विकसित बनाउन चाहेको बताएका छन्