कांग्रेसले तीन दिन आधा झन्डा झुकाउने

काठमाडौँ — नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्व नेता जोशीको सम्मानमा केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा तीन दिन पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको हो । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले साउन १७ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै स्व जोशीले कांग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने जनाएको छ ।

बैठकले स्व जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । नेता जोशीको मंगलबार निधन भएको थियो ।

प्रतिनिधिसभाको बैठकबाट शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गर्‍यो । प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख कृष्णबहादुर महराले शोकप्रस्ताव प्रस्तुत गरेका हुन् । बैठकले उनको निधनमा चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरेको थियो । विसं २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट बैतडी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।नेका बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति, केन्द्रीय सदस्य, समाजसेवीसमेत रहनुभएका जोशीको मंगलबार काठमाडौँस्थित आफ्नै निवास बूढानीलकण्ठमा ७३ वर्षको उमेरमा निधन भएको थियो ।

उनले ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक/प्रजातान्त्रिक आन्दोलनमा अहं भूमिका निर्वाह गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक साउन १७ गते बिहीबार दिनको १ बजे बस्नेछ ।

प्रतिकृया दिनुहोस

आज देखि नयाँ मुलुकी ऐन लागुहुँदै, आमनागरिकको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले विक्रम संवत १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी आजदेखि ‘मुलुकी देवानी (संहिता),

सांसदलाई पेस्तोल ताकेको आरोपमा ३ सय ३५ जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले सांसद निरु पाल पेस्तोल प्रकरणमा हालसम्म ३ सय ३५ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्वराज

सांसदमा सत्ता र प्रतिपक्षबीच चर्काचर्की, कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका