गर्भवती महिला स्वास्थ्य चौकी गए अण्डा उपहार

१९ साउन, तेह्रथुम । स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो ।

स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउने महिलालाई प्रतेक पटक १० वटाका दरले अण्डा प्रदान गर्ने कार्यक्रम राखिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । यो कार्यक्रमले गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण गराउन र स्वास्थ्यको ख्याल गर्न प्रोत्साहन मिल्ने उनको भनाइ थियो ।

एक गर्भवती महिलाले अनिवार्य चार पटकसम्म गर्भ जाँच गराउनुपर्छ । चार पटक गर्भ जाँच गराउने गर्भवतीले ४० वटा अण्डा पाउने महिला वडा सदस्य हर्कमाया श्रेष्ठले बताइन् ।

प्रतिकृया दिनुहोस

बच्चालाई प्रशस्त स्तनपान गराउँदा आमालाई के फाइदा ?

 ‌गंगाराज अर्याल-हरेक वर्ष अगष्त महिनाको १–७ तारिखसम्म विभिन्न नाराका साथ मनाईने स्तनपान सप्ताह आजदेखि एक हप्तासम्म नेपालमा पनि 'स्तनपान :

वार्ता टोलीलाई वालुवाटार र अस्पताल गर्दैमा दौडधुप, एउटै बुँदामा अड्कियो कुरो

काठमाडौं । सरकारी वार्ता टोली र डा गोविन्द केसीबीच हुनै लागेको ९ बुँदे सहमति रोकिएको छ । बालुवाटारमा भएको छलफलमा माथेमा आयोगका सिफारिस अनुसार विधेयक

भुइँकटहरका स्वास्थ्यमा के–के फाइदा ? कसले खान हुँदैन ?

स्वास्थ्यको फाइदाका हिसाबले भुइँकटहरलाई अदभूत फल मानिन्छ । यसको खेती कहाँबाट सुरु गरिएको हो भन्नेबारे त्यति स्पष्ट छैन । तर, क्रिस्टोफर कोलम्बसले