काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या

काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ । अपहरणकारीले उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
उनलाई मृत फेला परेपछि प्रहरीले अपहरणकारीलाई भक्तपुर नगरपालिकाबाट पछ्याउँदा सुर्यविनायक पुगेर भएको मुठभेडमा उनीहरु मारिएका हुन् ।
प्रहरी र अपहरणकारीबीच दिउँसो करिब साढे १ बजे भएको मुठभेडमा नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकका अजय तामाङको मृत्यु भएको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरज प्रताप सिंहका अनुसार अपराध महाशाखाको टोलीले बालकको शव भक्तपुर नगरपालिका–७ स्थित श्याम लवटको निर्माणाधीन घरमा फेला पारेको हो ।
धिरजप्रताव सिंह प्रहरीका अनुसार पछ्याउँदा अपहरणकारीसँग सुर्यविनायक नगरपालिका–८ स्थित पाइलट बाबाको आश्रम जाने बाटोमा मुठभेड भएको हो ।
घटनास्थलबाट प्रहरीले पेस्तोल, २ राउण्ड गोली बरामद गरेको छ । अपहरणकारीले फिरौती माग्न प्रयोग गरेको मोवाइल र सीम समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
अपहरणकारीले फोन गरेर ४० लाख फिरौती मागेका आमा चमेली खड्काले बताउनु भयो ।
चमेली खड्का हिजो साँझ स्कूलबाट फर्कपछि बालकको अपहरण भएको थियो ।
यसैबीच, प्रत्येक वर्ष अपहरणको घटना बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७२/७३ मा देशभर ७९ वटा व्यक्ति अपहरणको मुद्दा दर्ता भएको नेपाल प्रहरीको तथ्यांकमा छ ।

दर्ता भएको मुद्दाको आधारमा प्रहरीले अनुसन्धान गरी १ सय १७ जना अभियुक्तलाई पक्राउ गरी कारवाही गरेको छ भने ७६ वटा मुद्दा फछ्र्यौट भएका छन् । आर्थिक वर्ष २०७३/७४ मा ५७ वटा मुद्दा दर्ता भएकोमा ३८ वटा मुद्दा मात्रै फछ्र्यौट भएका छन् । अपहरणमा संलग्न १ सय ११ जना अभियुक्त पक्राउ परेका थिए ।

गत आर्थिक वर्ष २०७४/७५ मा देशभर ७७ वटा अपहरणका मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामा प्रहरीले अनुसन्धान गरेर १ सय ६ जनालाई पक्राउ गरी कारवाही गरेको छ । गत वर्षका केही मुद्दा फछ्र्यौट हुन बाँकी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

नेपाल प्रहरीको तथ्यांकलाई हेर्दा ३ वर्षमा २ सय १३ वटा व्यक्ति अपहरणको मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएका अपहरणको घटनामा छानविन गरी प्रहरीले ३ सय ३४ जना अभियुक्तलाई पक्राउ गरेको छ । पछिल्लो ३ वर्षमा प्रहरीमा दर्ता भएका मुद्दा र फछ्र्यौटको अवस्थालाई हेर्दा नेपालमा अपहरणको घटना बढ्दै गएको देखिन्छ ।

प्रतिकृया दिनुहोस

भक्तपुरमा चोरी बढेको बढ्यै : प्रहरी माथि प्रश्न खडा

भक्तपुर । भक्तपुरमा पछिल्लो समय चोरीको घटना बृद्धि भएसँगै सामाजिक सुरक्षामा प्रश्न उठ्न थालेको छ । चोरी नियन्त्रणका लागि भक्तपुर प्रहरीले बिभिन्न

पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन

पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको शुक्रबार दिउँसो २ बजेर ३० मिनेटमा निधन भएको छ । उनको आजै ४ बजेर ३० मिनेटमा पशुपति आर्यघाटमा अन्त्यष्टि

तान्त्रिकको भेषमा विदेशी जोडी, हिरासतमै सुत्केरी

पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गर्दै हिँड्ने तीन विदेशीलाई गृह मन्त्रालयले कारबाही सुरु गरेको छ । जापानी यासुको ओबा र मारी इकुरा तथा