सांसदमा सत्ता र प्रतिपक्षबीच चर्काचर्की, कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच चर्काचर्की भएको छ ।
सरकार नियन्त्रित र निर्देशित न्यायलयको पक्षमा अघि बढेको कांग्रेस सांसदको आरोप छ । आजको बैठकमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले साउन १८ गते संसदीय समितिको बैठकले बिना कारण र आधार प्रधानन्यायाधीशमा सिफारिस गरिएका कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीको सिफारिसलाई बहुमतको बलबाट अस्वीकृत गर्ने निर्णय गरेको भन्दै गम्भीर आपत्ति जनाउनु भयो ।
कार्कीले जोशीलाई सिफारिस गर्ने संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग गर्नु भयो । न्यायपालिका जस्तो संवेदनशील र गम्भीर विषयलाई दुई तिहाई बहुमतको आधारमा गरिएको निर्णयप्रति कांग्रेसले घोर आपत्ती जनाएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
कार्कीले आफ्नो धारणा राख्दै गर्दा सत्तापक्षका सांसदहरु खगराज अधिकारी र विरोध खतिवडाले उठेर विरोध जनाएका थिए । कार्की बोलेपछि आफ्नो धारणा राखेका सांसद खगराज अधिकारीले संविधानको बर्खिलाप हुने गरि प्रतिपक्षी दलबाट आवाज आएको भन्दै रेकर्डबाट हटाउन माग गर्नु भयो ।
उहाँ बोल्दै गर्दा कांग्रेसका सांसदहरुले उठेर विरोध जनाई रहे । कांग्रेसका सांसदहरु उभिँदै गर्दा सांसद विरोध खतिवडाले पनि बोलि रहनु भएको थियो ।

प्रतिकृया दिनुहोस

आज देखि नयाँ मुलुकी ऐन लागुहुँदै, आमनागरिकको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले विक्रम संवत १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी आजदेखि ‘मुलुकी देवानी (संहिता),

सांसदलाई पेस्तोल ताकेको आरोपमा ३ सय ३५ जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले सांसद निरु पाल पेस्तोल प्रकरणमा हालसम्म ३ सय ३५ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्वराज

कांग्रेसले तीन दिन आधा झन्डा झुकाउने

काठमाडौँ — नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको