सांसदलाई पेस्तोल ताकेको आरोपमा ३ सय ३५ जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले सांसद निरु पाल पेस्तोल प्रकरणमा हालसम्म ३ सय ३५ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार साउन १५ गते साँझ भएको भनिएको घटनाको जानकारी पाएलगत्तै साउन १८ गते शुक्रबारदेखि हिजोसम्म ३ सय ३५ जना शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले हिजो मात्रै बालाजु, गोंगबु लगायतका क्षेत्रबाट १ सय ९५ जना शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।
पालले अहिलेसम्म पनि आफूमाथि भएको ‘आक्रमण’ र लुटपाटबारे प्रहरीलाई औपचारिक जानकारी वा उजुरी दिनु भएको छैन ।
यसअघि काठमाडौँ प्रहरीले सांसद निरु पालसँग भेटघाट गरी घटनामा संलग्नहरुको हुलिया र जानकारी लिएको थियो । प्रहरीले ३ सय ३५ जनालाई पक्राउ गरेपनि ३ सय २३ जनालाई भने सोधपुछपछि रिहा गरिसकेको छ ।
शंकास्पद १२ जनालाई अझै हिरासतमै राखेर उनीहरुबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

आज देखि नयाँ मुलुकी ऐन लागुहुँदै, आमनागरिकको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले विक्रम संवत १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी आजदेखि ‘मुलुकी देवानी (संहिता),

सांसदमा सत्ता र प्रतिपक्षबीच चर्काचर्की, कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका

कांग्रेसले तीन दिन आधा झन्डा झुकाउने

काठमाडौँ — नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको