१ रुपैयाँमा नै भीभो ब्राण्डका स्मार्टफोन किन्न पाईने, थप १ वर्षको वारेन्टी उपलब्ध

१ रूपैयाँमा नै मोबाइल ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रालिले मोबाइल खरिदकर्ताहरुका लागि फेरी नयाँ योजना सार्वजनिक गरेको छ ।

ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले हाल नेपाली बजारमा लोकप्रिय र सर्बाधिक बिक्री भईरहेको भीभो ब्राण्डको कुनैपनि स्मार्टफोनहरु मासिक किस्ताबन्दीमा दिने भएको छ । कम्पनीले भीभो ब्राण्डको कुनैपनि स्मार्टफोनहरु रु. १ रुपैयाँ तिरेपछि ग्राहकले घर लैजान सक्नेगरि मासिक किस्ताबन्दी योजना सार्वजनिक गरेको हो ।

सिमित अवधिका लागि घोषणा गरिएको यस अफरअन्तरगत किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सुविधा दिएको छ ।

यस कम्पनीबाट रु.१ मा किनेको फोनमा थप १ वर्षको वारेन्टी सुविधा प्राप्त गर्नेछ भने यो अफरअन्तरगत ग्राहकहरुको मोबाइल फोन बिग्रेमा घरमा नै लिन आउने र मर्मतपछि पुर्याईदिने व्यवस्था उपलब्ध गराईनेछ ।

ईजी मोबाइल केयर प्रा.लि.ले भीभो स्मार्टफोनमा नेपालमा नै पहिलो पटक रु.१ मा फोन दिने अफर ल्याएको हो । जसमा तपाईँले नेपाली बजारमा उपलब्ध भीभोका कुनैपनि मोडलका स्मार्टफोन रु.१ किस्ताबन्दीमा किन्न सक्नुुहुनेछ ।

ईजी मोबाइल केयर प्रा.लि.का अध्यक्ष संजित पौडेलले मनपरेको मोबाइल किन्न नसकिने र सेवा सुविधा नपाउने देखिएको हुँदा ग्राहकहरुलाई मासिक किस्ताबन्दीमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएको बताए ।

‘‘हामीले यसअघि पनि सफलतासाथ सामसंग र ह्वावेका विभिन्न मोडलका स्मार्टफोनहरु रु.१ मा बिक्री गरेर ग्राहकहरुलाई सन्तुष्ट पारिसकेका छौं, अहिले नेपालमा नै पहिलो पटक भीभो ब्राण्डका स्मार्टफोनहरुमा यो किस्ताबन्दी अफर ल्याएका हौं,’’ अध्यक्ष पौडेलले भने ।

यसबाहेक पनि कम्पनीले बिक्री गर्ने कुनैपनि ब्राण्ड र मोडलका मोबाइल सेटहरुमा थप १ वर्षको वारेन्टी दिने गरेको छ । अन्य कम्पनीबाट मोबाइल किन्दा १ वर्षको मात्र वारेन्टी हुने गरेकामा ईजी मोबाइल केयर प्रा.लि.बाट खरिद गरेको मोबाइलमा थप १ वर्षको वारेन्टी पाईनेछ ।

काठमाडौंको मुटु न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइल केयर प्रा.लि. मोबाइलको सम्पूर्ण हेरचाह (केयर) गर्ने उद्धेश्यका साथ स्थापना भएको कम्पनी हो । नेपालमा नै पहिलो पटक मोबाइल सम्बन्धि सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउने यो कम्पनीले आफ्ना सेवाहरु संचालन गर्दै आएको छ । Onlinekhabar

प्रतिकृया दिनुहोस

सुनको मूल्य ६० हजार नाघ्यो

काठमाडौं - एक साताभन्दा लामो स्थिरतापछि सुनको भाउ ६० हजार रुपैयाँ नाघेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि हुँदा स्थानीय बजारमा ६

कोरियाले नेपाललाई दियो ५५ करोड अनुदान

काठमाडौं – कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई ५५ करोड अनुदान उपलब्ध गराउने भएको

पेट्रोलियम वितरणमा कोटा तोकियो

काठमाडौं – ढुवानीकर्तालाई अत्यावस्यकीय सेवा ऐन लगाएरै भएपनि पेट्रोलिम पदार्थ आपूर्ति सहज बनाउने भन्दै आएको सरकारले पेट्रोलियम पदार्थको विक्री