कवियित्री एवं गीतकार मिरा न्यौपाने गजुरेल को पहिलो कबिता संग्रह "याद हरु" एक भब्य कार्यक्रम का बीच लोकार्पण

राग रागिनी entertainment प्रा.लि. को प्रकाशनमा कवयत्री मिरा गजुरेल को कबिता संग्रह "याद हरु" को एक भब्य कार्यक्रम का बीच लोकार्पण सम्पन्न भएको छ । कार्यक्रम राग रागिनी का अध्यक्ष तथा गायक कपिल कसपाल को सभापतित्व मा भएको थियो ।

राग रागिनी का कार्यकारी सदस्य अल्बर्ट बज्राचार्य ले स्वागत मन्तव्य दिनु भएको थियो । साहित्यकार माया ठकुरी ज्यु को प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रममा साहित्यिक ब्याक्तित्व ,समाजसेवी ,कलाकार ,पत्रकार लगायत को बाक्लो उपस्थिति थियो। कार्यक्रम मा कबयत्री हिरण्य कुमारी पाठक,साहित्यकार गोबिन्द कडेल आसु ,प्रा ज्ञ धुर्ब मधिकर्मि ,वरिष्ठ रचनाकार सुबाश चन्द्र ढुङेल लगायत को उपस्थिति रहेको थियो । कार्यक्रम का प्रमुख अतिथि माया ठकुरी ज्यु ले मिरा गजुरेल को पहिलो कविता संग्रह को खुलेर प्रसंशा गर्नु भयो।

 

जिवन को आरोह अवरोह का बाबजुद पनि आफ्नो रुचि लाई मुर्त रुप दिइ कविता मार्फत मानवीय समबेदना लाई प्रस्तुत गर्न सक्नु लेखिका को सफलता भएको वहाँ ले उल्लेख गर्नु भयो।त्यसै गरि प्रा ज्ञ धुर्ब मधिकर्मि ज्यु ले यादहरु लेखिका को मात्रै होइन सबै पाठक को आफ्नै जिवन का याद हरु बनुन भन्ने सुभ कामना ब्यक्त गर्नु भयो । कार्यक्रम मा साहित्यकार तथा समाजसेवी प्रेम नारायण प्रेमी ज्यु ले पनि साहित्य को चर्चा गर्नु भएको थियो ।।याद हरु कि रचयिता मिरा गजुरेल ज्यु ले चार दशक अगाडि को सपना लाई अहिले पुरा गर्न पाउदा निकै नै खुशी लागेको बताउदै यो मेरो जिवन को भोगाइ को प्रतिमुर्ति हो भन्नु हुदै सबै पाठक ले माया दिनुहुनेछ भन्ने बिश्वास लिएको छु वहाँ ले भन्नु भयो।

 

कार्यक्रम का सभापति तथा रागरागिनी का अध्यक्ष गायक कपिल कसपाल ले" याद हरु"लाई आफ्नो कम्पनी ले प्रकाशन गर्ने अवसर पाएको मा खुशी व्यक्त गर्दै सम्पुर्ण कलाकार ,साहित्यकार ,कबि को सृजना लाई कम्पनी ले सदा स्थान दिने र सधैं कला र कलाकार को हित मा राग रागिनी रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।साथै भबिस्य मा पनि नेपाली गीत ,सङीत,साहित्य को क्षेत्र मा सम्पुर्ण श्रस्टा हरु सङ सहकार्य गर्ने बताउनु हुदै" याद हरु"तपाईं हरु को हात सम्म पुर्याउन सहयोग गर्ने सबैलाई मुरि मुरि धन्यवाद व्यक्त गर्दछु वहाँ ले भन्नु भयो।राग रागिनी entertainment प्रा. लि. को कार्यालय श्रीजनानगर भक्तपुर मा रहेको छ ।

प्रतिकृया दिनुहोस

‘तनुश्रीले मेरो बलात्कार गरिन्’ -राखीको आरोप

झट्ट सुन्दा अनौठो लाग्ने यो आरोप बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना

नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन वन फेम्ड प्रताप दास नयाँ गीतका साथ आफ्ना स्रोता तथा दर्शक माझ आएका छन् । प्रतापले 'अलि अलि...' बोलका गीत मंगलबार सार्वजनिक

आमिरको ‘महाभारत’मा प्रभासलाई अफर

 बलिउड अभिनेता आमिर खान आफ्नो महत्वाकांक्षी फिल्म ‘महाभारत’ को तयारीमा जुटेका छन् । यो फिल्म उनले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग