सार्क सुस्ताएको छ तर बिमस्टेक विकल्प होइनः प्रधानमन्त्री ओली

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) पछिल्ला दिनमा केही सुस्ताएको देखिए पनि त्यसको विकल्पका रुपमा बिमस्टेकलाई मान्न नसकिने स्पस्ट पारेका छन्।

आज प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएका विषयमा जवाफ दिँदै ओलीले सार्क वा बिमस्टेक एक अर्कालाई निषेध गर्न नआएको बताए। बैठकमा नेमकिपा का सांसद प्रेम शुवालले भारतमा बिमस्टेक स्तरीय शैन्य अभ्यास हुन लागेको र त्यो अभ्यास पाकिस्थानलाई पन्छाउने र चीनलाई देखाउने भारतको रणनीति भएको आशंका गर्दै प्रधानमन्त्री ओलीसमक्ष प्रस्न उठाएका थिए। 

जवाफका क्रममा ओलीले भने, 'सार्क अपेक्षाअनुरुप अहिले गतिशील भएन तर क्षेत्रीय बिषयलाई जान्न, सहयोग बढाउन त्यस्लाई पुनः गतिशिल बनाइनुपर्छ। नेपाल अहिले बिमस्टेक र सार्क दुबै संगठनको अध्यक्ष राष्ट्र रहेको संसदलाई स्मरण गराउँदै ओली भने, ‘सार्क सम्मेलन पाकिस्तानले गर्नुपर्ने हो। मिति पनि तोकिएको हो। तर सार्कका सदस्यका कतिपय जटिलताले समयमै सम्मेलन हुन सकिरहेका छैन तर त्यसमा हतोत्साही हुन जरुरी छैन।’

विभिन्न क्षेत्रीय तथा बहुपक्षीय संस्थासँगको आवद्धताले निकटता पारस्परिक संवन्ध विस्तार र आर्थिक विकासमा अग्रसर हुन सकिने भन्दै सार्क सम्मेलन पनि छिटैहोस भन्ने आफूले चाहेको उनले बताए। 

प्रतिकृया दिनुहोस

पदाधिकारीको संख्या बारे कांग्रेसमा सहमति, महासमितिको बन्द सत्र सुरु

काठमाडौँ — नेपाली कांग्रेसका नेताहरुबीच शुक्रबार बिहान भएको छलफलमा पार्टीको सात जातीय क्लस्टरबाट प्रतिनिधित्व हुने गरी ७ सहमहामन्त्री थप्ने र

देश निर्माणका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।  नेपाल प्रगतिशिल इन्जिनियर

मन्त्रिपरिषद् बैठक : कर्मचारी समायोजन अध्यादेश स्वीकृत

काठमाडौँ — मन्त्रिपरिषद्को सोमबार अबेरसम्म बसेको बैठकले बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ ।    स्थानीय तह र प्रदेशमा